देशभर १३६ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार नाघेको छ । शुक्रबार थपिएका ५ हजार ८७ संक्रमितसहित देशभर सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार २३५ पुगेको हो ।
यीमध्ये १७ हजार २९१ जना होम आइसोलेसनमा रहेको र ९४४ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये १ सय ११ जनाको आइसीयूमा र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा पछिल्लो समय कोरोना संक्रमण दर तीब्र गतिमा उकालो लागिरहेको छ । हालसम्म देशभर ११ हजार ६१३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?