एकैदिन ५ हजारभन्दा बढीमा कोरोना पुष्टि, ३ जनाको मृत्यु
सक्रिय संक्रमितको संख्या १८ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज एकैदिन देशभर ५ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २० हजार ५६० जनाको नमुना परीक्षण गरेकोमा ५ हजार ८७ जनामा कोरोना पुष्टि भएको हो ।
यो संख्या केही महिना यताकै उच्च हो । यसैगरी आज ३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ६१३ पुगेको छ ।
उता यहीवीच ३०६ जना संक्रमित निको भएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ३ लाख २० हजार २६७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। अहिले सक्रिय कोरोना संक्रमितको संख्या बढेर १८ हजार २३५ पुगेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?