नेपालमा सक्रिय संक्रमितको संख्या : एक सातामा नै ५ हजारबाट १४ हजार पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर सक्रिय कोरोना संक्रमितको संख्या बढेर १४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो सूचना अनुसार बिहिबारसम्म देशभर १४ हजार ३४० जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।
संक्रमितको संख्या एक सातामा नै ५ हजारबाट बढेर १४ हजारमा पुगेको हो । यसैगरी ११५ जना संक्रमित आइसीयूमा र २० जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । अहिले काठमाडौं लगायतका अस्पतालमा कोरोना संक्रमित भर्ना हुने क्रम बढ्दो छ । अहिले गरिएको नमुना परीक्षणमध्ये २७ प्रतिशभन्दा बढीमा कोरोना पुष्टि भएको मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्र बताउँछिन्।
नेपालमा कोरोनाको तेस्रो लहर सुरु भएको र यसबाट धेरै जना संक्रमित हुनसक्ने भन्दै विज्ञहरुले सतर्कता अपनाउन आग्रह गर्दै आएका छन्। अहिले बढी मात्रामा देखिएको ओमिक्रोन भेरियन्ट बढी नै संक्रामक भएको र यसले एकै पटकमा धेरै व्यक्तिलाई संक्रमण गराउन सक्ने बताइएको छ । त्यसैले पनि स्वास्थ्य मन्त्रालयले भिडभाड हुने स्थानहरमा २५ जनाभन्दा बढी हुन रोक लगाएको छ भने विद्यालयहरु पनि माघ १५ गतेसम्मका लागि बन्द गरेको छ । नेपालमा हालसम्म ११ हजार ६१० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण