कोरोना संक्रमण बढेपछि सिंहदरबार प्रवेशमा सरकारको कडाइ
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना संक्रमणको जोखिम बढेको भन्दै सिंहदरबार प्रवेशमा कडाइ गरेको छ ।
पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेपछि गृह मन्त्रालयले सिंहदरबार परिसरभित्र प्रवेशमा कडाइ गर्ने निर्णय गरेको हो । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै हालसम्म भएका सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालय लगायतबाट जारी भएका सबै प्रकारका स्थायी अस्थायी पास खारेज गर्ने निर्णय गरेको जनाएको हाे ।
मन्त्रालयले अब नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्र जारी गर्नु पर्ने भएमा आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्व सहमति लिई सम्बन्धित निकायबाट जारी गरिने पनि जनाएको छ ।
नेपालमा केही दिनदेखि कोरोना संक्रमण दर ह्वात्तै बढेपछि सरकारले विद्यालय बन्द गर्नेदेखि भिडभाड गर्न नपाइने, सभा सम्मेलन गर्न नपाइने जस्ता प्रावधानहरु अघि सारेको छ । यही क्रममा प्रशासनिक कामका लागि सधैं भिड हुने सिंहदरबारमा समेत कोरोना जोखिम बढेको भन्दै सरकारले आजदेखि प्रवेशमा कडाइ गरेको हो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण