नेपालमा फेरि बढ्यो संक्रमण दर
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै संक्रमण दर पनि बढेको छ ।
केही समय अघिसम्म ह्वात्तै घटेको संक्रमण दर अहिले बढेर २७ दशमलब १ प्रतिशतमा पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले केही दिन यता संक्रमण दर बढ्दै गएको र आज संक्रमण दर २७ दशमलब १ प्रतिशत पुगेको बताइन्। यो पछिल्लो एक सातामा देखिएको सबैभन्दा बढी संक्रमण दर हो । उनले सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड पालना नगरिदिंदा संक्रमण फेरि एकपटक बढ्न पुगेको जनाइन्।
आज मात्रै १३ हजार ३६ जनाको परीक्षण गर्दा ३ हजार ७५ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।
नेपालमा जनस्वास्थ्यका मापदण्ड नअपनाउँदा र सभा सम्मेलन, भिडभाड गर्दा कोरोना संक्रमण दर उकालो लागिरहेको छ । उता काठमाडौं उपत्यकामा आज एकैदिन १५ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
विज्ञहरुले कोरोनाको तेस्रो लहरको संकेत गर्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?