Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा फेरि बढ्यो संक्रमण दर

नेपालमा फेरि बढ्यो संक्रमण दर

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै संक्रमण दर पनि बढेको छ ।

केही समय अघिसम्म ह्वात्तै घटेको संक्रमण दर अहिले बढेर २७ दशमलब १ प्रतिशतमा पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले केही दिन यता संक्रमण दर बढ्दै गएको र आज संक्रमण दर २७ दशमलब १ प्रतिशत पुगेको बताइन्। यो पछिल्लो एक सातामा देखिएको सबैभन्दा बढी संक्रमण दर हो । उनले सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड पालना नगरिदिंदा संक्रमण फेरि एकपटक बढ्न पुगेको जनाइन्।

आज मात्रै १३ हजार ३६ जनाको परीक्षण गर्दा ३ हजार ७५ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।

नेपालमा जनस्वास्थ्यका मापदण्ड नअपनाउँदा र सभा सम्मेलन, भिडभाड गर्दा कोरोना संक्रमण दर उकालो लागिरहेको छ । उता काठमाडौं उपत्यकामा आज एकैदिन १५ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

विज्ञहरुले कोरोनाको तेस्रो लहरको संकेत गर्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि