एकैदिन ३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा मात्रै १५ सय ३८ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार ३६ वटा नमुना परीक्षण गरिएकोमा ३ हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो।
यसैगरी आज २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा मात्रै १५ सय ३८ जना कोरोना संक्रमित थपिएका छन्। अहिले देशभर सक्रिय कोरोना संक्रमितको संख्या बढेर ११ हजार ६९० पुगेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?