Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

एकैदिन २४४४ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ९ हजार नाघ्यो

एकैदिन २४४४ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ९ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन\काठमाडौं :  आज एकैदिन देशभर २४ सय ४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १५ हजार ३३ नमुना परीक्षण गर्दा २४ सय ४४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यसैगरी गत २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उता यहीवीच ३१३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। नेपालमा केही दिन यता कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । सरकारले संक्रमण बढेपछि आजदेखि माघ १५ गतेसम्मका लागि विद्यालयहरु बन्द गरेको छ भने २५ जना भन्दा बढी जम्मा हुन नपाउने प्रावधान जारी गरेको छ ।

उता तेस्रो लहरको संकेत रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नका लागि सबैलाई आग्रह गरिएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै