एकैदिन २४४४ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ९ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन\काठमाडौं : आज एकैदिन देशभर २४ सय ४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १५ हजार ३३ नमुना परीक्षण गर्दा २४ सय ४४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
यसैगरी गत २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उता यहीवीच ३१३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। नेपालमा केही दिन यता कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । सरकारले संक्रमण बढेपछि आजदेखि माघ १५ गतेसम्मका लागि विद्यालयहरु बन्द गरेको छ भने २५ जना भन्दा बढी जम्मा हुन नपाउने प्रावधान जारी गरेको छ ।
उता तेस्रो लहरको संकेत रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नका लागि सबैलाई आग्रह गरिएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ पुगेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?