Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

यी स्थानमा जाँदा अब कोरोना विरुद्धको खोप कार्ड अनिवार्य

यी स्थानमा जाँदा अब कोरोना विरुद्धको खोप कार्ड अनिवार्य

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना भाइरस संक्रमण तीब्र गतिमा फैलिन थालेपछि सरकारले सार्वजनिक स्थलमा प्रवेश गर्न तथा सेवाहरु लिनका लागि कोरोना विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरेको छ ।

कोभिड -१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीको आइतबार बसेको बैठकले कोरोना नियन्त्रणका लागि भन्दै सार्वजनिक सेवा लिनका लागि खोप कार्ड अनिवार्य गर्न सरकारलाई सिफारिस गरेको हो ।

सरकारी कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्क, जिम हल लगायतका सार्वजनिक स्थलमा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने सीसीएमसीले सिफारिस गरेको छ । यी स्थानमा प्रवेश गर्न आफूले खोप लगाएको कार्ड वा साे काे फोटोकपी वा माेबाइलमा कार्डकाे फोटो भए पनि देखाउन पर्नेछ ।

माघ ७ गतेदेखि लागू हुने गरी यो व्यवस्था गर्न सीसीएमसीले सम्बन्धित निकायलाई  सिफारिस गरेको हो । यो प्रावधान लागू हुँदा यही माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्नका लागि ‘खोप कार्ड’ अनिवार्य हुनेछ ।

यसैगरी अबदेखि सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक र  सामाजिक कार्यक्रम गर्न नपाउने प्रावधान राख्न पनि सिफारिस गरिएको छ ।

यसैगरी विद्यालयहरु माघ १५ सम्म बिदा दिने सीसीएमसीको सिफारिसलाई आज नै शिक्षा मन्त्रालयले कार्यान्वर्यन गर्दै बिदा दिने निर्णय गरेको छ । नेपालमा कोरोना संक्रमण एक सातामा नै दोब्बरको संख्यामा वृद्धि हुन थालेपछि सीसीएससीले सरकारलाई कोरोना नियन्त्रणका लागि यी प्रावधानहरु लागू गर्न र गराउन सिफारिस गरेको हो ।

हाल नेपालमा ६ हजार ७५५ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै