माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
हेल्थ टिभी अनलाइन \काठमाडौं :सरकारले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सोमबार भएको छलफलमा कोभिड- १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसी ले गरेको निर्णय अनुसार माघ १५ सम्म बिदा दिने निर्णय भएको हो ।
सीसीएमसीको आइतबार बसेको बैठकले कोरोना जोखिम बढेको भन्दै १५ दिन देशभरका विद्यालयमा बिदा दिन सिफारिस गरेको थियो।
मन्त्रालयले आज सचिवस्तरको बैठक गरेर सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?