के गर्भावस्थामा कोरोना खोप लगाएका कारण समय नपुगी बच्चा जन्मिने सम्भावना हुन्छ ?
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले गर्भावस्थामा पनि कोरोना विरुद्धको खोप लगाउन हुन्छ भनेर गर्भवती भएको तीन महिना पुगेका सबै महिलालाई कोरोना विरुद्धको खोप दिइरहेको छ ।
तर यहीवीच केही व्यक्तिहरुले कोरोना विरुद्धको खोपका काराण बच्चा समय नपुगी जन्मन सक्ने तथा कम तौलको जन्मन सक्ने भन्दै हल्ला फैलाएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण गरेको छ । मन्त्रालयले यो सबै हल्लाको पछि नलाग्न सबैलाई आग्रह समेत गरेको छ । कोरोना विरुद्धको खोप पूर्ण रुपमा सुरक्षित भएकाले गर्भवतीले यो खोप लगाउँदा बच्चा समय नपुगी जन्मने वा कम तौलको जन्मने भन्ने नहुने मन्त्रालयले दाबी गरेको छ ।
बच्चा समय अगावै जन्मने, खेर जाने वा कम तौलको जन्मने अन्य विभिन्न कारण हुनसक्ने भन्दै योसँग कोरोना खोपको कुनै सम्बन्ध नभएको पनि मन्त्रालयले प्रस्ट पारेको छ । विभिन्न अध्ययनहरुले पनि कोरोना खोप र समय नपुगी बच्चा जन्मिनुमा कुनै सम्बन्ध नभएको देखाएको मन्त्रालयले जनाएको छ ।
यसैगरी मन्त्रालयले गर्भवती भएको तीन महिना पुगेको सबै महिलालाई कोरोना विरुद्धको खोप लगाई आफू र आफनो बच्चालाई कोरोना संक्रमण हुनबाट जोगाउन समेत आग्रह गरेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?