Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

के गर्भावस्थामा कोरोना खोप लगाएका कारण समय नपुगी बच्चा जन्मिने सम्भावना हुन्छ ?

के गर्भावस्थामा कोरोना खोप लगाएका कारण समय नपुगी बच्चा जन्मिने सम्भावना हुन्छ ?

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले गर्भावस्थामा पनि कोरोना विरुद्धको खोप लगाउन हुन्छ भनेर गर्भवती भएको तीन महिना पुगेका सबै महिलालाई कोरोना विरुद्धको खोप दिइरहेको छ ।

तर यहीवीच केही व्यक्तिहरुले कोरोना विरुद्धको खोपका काराण बच्चा समय नपुगी जन्मन सक्ने तथा कम तौलको जन्मन सक्ने भन्दै हल्ला फैलाएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण गरेको छ । मन्त्रालयले यो सबै हल्लाको पछि नलाग्न सबैलाई आग्रह समेत गरेको छ । कोरोना विरुद्धको खोप पूर्ण रुपमा सुरक्षित भएकाले गर्भवतीले यो खोप लगाउँदा बच्चा समय नपुगी जन्मने वा कम तौलको जन्मने भन्ने नहुने मन्त्रालयले दाबी गरेको छ ।

बच्चा समय अगावै जन्मने, खेर जाने वा कम तौलको जन्मने अन्य विभिन्न कारण हुनसक्ने भन्दै योसँग कोरोना खोपको कुनै सम्बन्ध नभएको पनि मन्त्रालयले प्रस्ट पारेको छ । विभिन्न अध्ययनहरुले पनि कोरोना खोप र समय नपुगी बच्चा जन्मिनुमा कुनै सम्बन्ध नभएको देखाएको मन्त्रालयले जनाएको छ ।

यसैगरी मन्त्रालयले गर्भवती भएको तीन महिना पुगेको सबै महिलालाई कोरोना विरुद्धको खोप लगाई आफू र आफनो बच्चालाई कोरोना संक्रमण हुनबाट जोगाउन समेत आग्रह गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि