माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस
सार्वजनिक स्थलमा जान तथा हवाई उडानका लागि खोप कार्ड अनिवार्य
हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोरोना संक्रमण तीब्र गतिमा बढ्न थालेपछि कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले विद्यालय केही समय बन्द गर्नेसहित सरकारलाई तेह्र सिफारिस गरेको छ।
आइतबार बसेको सीसीएमसीको बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका विद्यालय बन्द गर्न आग्रह गरेको हो । यसैगरी सीसीएमसीले सार्वजनिक सेवा लिन तथा हवाई यात्राका लागि खोप लगाएको प्रमाणपत्र अनिवार्य गर्न समेत सरकारलाई सिफारिस गरेको केन्द्रकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन्।
उता जोखिम क्षेत्र पहिचान गरी स्मार्ट लकडाउन लगाउन र भिडभाड हुने स्थानमा २५ जना भन्दा बढी जम्मा हुन नपाउने पनि सिफारिस गरिएको जनाइएको छ ।
सीसीएमसीले गरेको सिफारिसका आधारमा सम्बन्धित मन्त्रालयले निर्णय गर्ने र त्यसपछि मात्र कार्यान्वर्यनमा आउने व्यवस्था रहेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित