Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

एक सातामै अस्पतालमा संक्रमितको संख्या दोब्बरले वृद्धि

एक सातामै अस्पतालमा संक्रमितको संख्या दोब्बरले वृद्धि

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले एक सातायता अस्पतालमा कोरोना संक्रमितको संख्या दोब्बरले वृद्धि भएको जनाएको छ । कोभिड १९ यूनिफाइड केन्द्रीय वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा भुपेन्द्र बस्नेतले एक सातायता वीर लगायत उपत्यकाका १३ कोभिड अस्पतालमा कोरोना संक्रमितको संख्यामा दोब्बरले वृद्धि भएको जनाएका हुन्।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा डा बस्नेतले उपत्यकाका १३ र प्रदेशका सातै अस्पतालसँग समन्वय गर्दा सबै अस्पतालमा संक्रमितको संख्या बढ्दै गएको पाइएको जनाएका हुन्। उनले भने, संक्रमितको संख्या अहिले दोब्बरले नै वृद्धि भइरहेको छ । त्यसका लागि आइसीयू, एचडीयू, बेड, अक्सिजन लगायतका तयारी अवस्थामा राखेको उनले जनाए ।

नेपालमा दुई दिनअघि मात्र २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो । भारत लगायतका अन्य देशहरुमा पनि ओमिक्रोन तीब्र गतिमा बढिरहेको छ । स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम बढेको भन्दै सबैलाई अनिवार्य जनस्वास्थ्यका मापदण्ड पालना गर्न तथा भिडभाडमा नजान आग्रह गरिरहेको छ।

आज एकैदिन देशभर ११ सय ६७ जनामा कोरोना पुष्टि भएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै