एक सातामै अस्पतालमा संक्रमितको संख्या दोब्बरले वृद्धि
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले एक सातायता अस्पतालमा कोरोना संक्रमितको संख्या दोब्बरले वृद्धि भएको जनाएको छ । कोभिड १९ यूनिफाइड केन्द्रीय वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा भुपेन्द्र बस्नेतले एक सातायता वीर लगायत उपत्यकाका १३ कोभिड अस्पतालमा कोरोना संक्रमितको संख्यामा दोब्बरले वृद्धि भएको जनाएका हुन्।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा डा बस्नेतले उपत्यकाका १३ र प्रदेशका सातै अस्पतालसँग समन्वय गर्दा सबै अस्पतालमा संक्रमितको संख्या बढ्दै गएको पाइएको जनाएका हुन्। उनले भने, संक्रमितको संख्या अहिले दोब्बरले नै वृद्धि भइरहेको छ । त्यसका लागि आइसीयू, एचडीयू, बेड, अक्सिजन लगायतका तयारी अवस्थामा राखेको उनले जनाए ।
नेपालमा दुई दिनअघि मात्र २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो । भारत लगायतका अन्य देशहरुमा पनि ओमिक्रोन तीब्र गतिमा बढिरहेको छ । स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम बढेको भन्दै सबैलाई अनिवार्य जनस्वास्थ्यका मापदण्ड पालना गर्न तथा भिडभाडमा नजान आग्रह गरिरहेको छ।
आज एकैदिन देशभर ११ सय ६७ जनामा कोरोना पुष्टि भएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण