Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा एकैदिन थपिए ११६७ कोरोना संक्रमित

नेपालमा एकैदिन थपिए ११६७ कोरोना संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर आज ११ सय ६७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ सय ६७ जना कोरोना संक्रमित थपिएका हुन्। नेपालमा ओमिक्रोन संक्रमण बढ्न थालेको भन्दै मन्त्रालयले सबैलाई सतर्क रहन आग्रह गरेको छ । यसैगरी गत २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ६०४ पुगेको छ । अहिले देशभर ६ हजार ७५५ जना सक्रिय संक्रमित रहेका छन्।

विश्वभर पछिल्लो एक सातामा एक करोड भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ ।

काेराेना महामारी नियन्त्रणका लागि मन्त्रालयले सबैलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न र आ आफनो स्थानबाट सहयोग गरिदिन आग्रह गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै