ईशान बाल अस्पतालकाे २६ औं वार्षिक साधारण सभा सम्पन्न
विशिष्टीकृत सेवा विस्तार गर्दै
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको बसुन्धरामा रहेको ईशान बाल तथा महिला अस्पतालको २६ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएकाे छ ।
अस्पतालको संचालक समितिका अध्यक्ष जन थापाको अध्यक्षतामा सञ्चालक र शेयरधनीहरूको उपस्थितिमा शनिबार अस्पतालको नवनिर्मित भवनमा उक्त सभा सम्पन्न भएको हो।
नेपालको पहिलो गैर सरकारी बाल अस्पतालको रुपमा २६ वर्ष अघि स्थापना भएको ईशान अस्पताल बालबालिकाको उपचारको क्षेत्रमा अग्रणी अस्पतालको रुपमा स्थापित हुन सफल भएको अस्पातलका निर्देशक प्राडा आरपी चौधरीले बताए । उनले अस्पतालको आठ तले अत्याधुनिक भवन बनिरहेको र त्यस भवनमा सरेपछि बालबालिका र महिलाका क्षेत्रमा अझ विशिष्टीकृत सेवाहरु बिस्तार गर्दै लाने जनाए । अबको दुई महिनामा अस्पताल आफनै भवनमा सर्ने समेत जानकारी दिए ।
यो वीचमा ईशान बाल अस्पतालमा जटिल भन्दा जटिल बाल शल्यक्रियाहरु गरेको उनले जानकारी समेत दिएका थिए । सय शैया क्षमताको अस्पताल बनेपछि अझ धेरै सेवा दिन सकिनेमा आफू विश्वस्त रहेको समेत उनले जिकीर गरे ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण