भारतमा बढ्दो कोरोना संक्रमण, ८० प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि
हेल्थ टिभी अनलाइन : भारतमा कोरोना संक्रमण तीब्र गतिमा बढिरहेको छ । कोरोनाको तेस्रो लहर सुरु भएको भन्दै भारतीय स्वास्थ्य मन्त्रालयले विभिन्न मापदण्डहरु बनाएको छ ।
तेस्रो लहरमा ७० देखि ८० प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । बढी संक्रामक मानिएको ओमिक्रोन एकाएक तीब्र गतिमा समूदायमा फैलिरहेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।
त्यसो त डेल्टा भेरियन्ट पनि देखिएको छ । तर अधिकांशमा ओमिक्रोन भेरियन्ट नै पुष्टि भएको जनाइएको छ ।
भारतमा एक सातामा नै कयौं गुणा संक्रमित थपिएका छन्। उता कोरोना नियन्त्रणका लागि भन्दै दिल्ली मुम्बई जस्ता ठूला शहरहरुमा नाइट कफ्यू तथा बिदाका दिन लकडाउन गरिएको छ । तर पनि संक्रमण रोकिने संकेत देखिएको छैन्।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त