Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

शनिबार ९४४ जना नयाँ संक्रमित थपिए

शनिबार ९४४ जना नयाँ संक्रमित थपिए

हेल्थ टिभी अनलाइन \काठमाडौं : शनिबार देशभर ९४४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार २६४ जनाको नमुना परीक्षण गरिएकोमा ९४४ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार १४० पुगेको छ ।

यहीवीच आज २९७ जना संक्रमित भने संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर २ लाख ४३ हजार ४६० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। नेपालमा हालसम्म ११ हजार ६०२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।

अहिले पनि ८१ जना कोरोना संक्रमितको आइसीयूमा र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै