शनिबार ९४४ जना नयाँ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : शनिबार देशभर ९४४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार २६४ जनाको नमुना परीक्षण गरिएकोमा ९४४ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार १४० पुगेको छ ।
यहीवीच आज २९७ जना संक्रमित भने संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर २ लाख ४३ हजार ४६० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। नेपालमा हालसम्म ११ हजार ६०२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।
अहिले पनि ८१ जना कोरोना संक्रमितको आइसीयूमा र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?