फेरि उकालो लाग्दै कोरोना संक्रमण, एकैदिन ९६८ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज एकैदिन देशभर ९६८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार ९७१ जनाको नमुना परीक्षण गरिएकोमा ९६८ जनामा कोरोना पुष्टि भएको हो । यो संख्या केही महिना यताकै उच्च हो ।
भारतमा कोरोना संक्रमण बढ्न थालेपछि नेपालमा पनि बढ्न सक्ने भन्दै सरकारले परीक्षण दर र निगरानी पनि बढाइरहेको छ । उता आज मात्रै २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको छ । आज कोरोनाबाट हुने मृत्यु शुन्य रहे पनि संक्रमितको संख्या भने उच्च रहेको पाइएको छ । केही दिन यता देशभर कोरोना संक्रमण उकालो लाग्दै गएको देखिन्छ ।
गत २४ घण्टामा २ लाख ६३ हजार ३७१ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
अहिले देशभर ५ हजार ७४१ जना सक्रिय संक्रमित रहेका छन्। उता यहीवीच २६२ जना संक्रमित संक्रमणमुक्त भएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?