Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २४ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै थप २४ जनामा ओमिक्रोन पुष्टि भएको जनाएको हो । मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राका अनुसार पुस महिनामा संकलित ११४६ नमुनामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गर्दा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो । योसँगै उनले समाजमा परीक्षण नभएका धेरैमा ओमिक्रोन भेरियन्ट हुनसक्ने भन्दै विशेष सतर्कता अपनाउन र जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेकी छिन्।

मन्त्रालयले ओमिक्रोन बढी संक्रामक भएकाले यसको संक्रमणलाई ध्यानमा राख्दै अक्सिजन, आइसोलेसन जस्ता अत्यावश्यक कुराको व्यवस्था गर्नका लागि सबै अस्पतालहरुलाई निर्देशन समेत दिएको छ । भारतमा कोरोना संक्रमण तीब्र गतिमा बढ्न थालेको दुई साता नबित्दै नेपालमा पनि संक्रमण बढ्न थालेको देखिन्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै