प्रदेश २ सरकारले सञ्चालन गर्यो अक्सिजन प्लान्ट
हेल्थ टिभी अनलाइन \जनकपुरधाम : कोरोना महामारीलाई मध्यनजर गर्दै प्रदेश २ सरकारले आफ्नै अक्सिजन पलान्ट संचालनमा ल्याएको छ ।
प्रदेश सरकारको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले विहिबारदेखि आफ्नै अक्सिजन पलान्ट संचालनमा ल्याएको हो । जनकपुरधाम– १४ मुलेजेलियास्थित मनिपालमा संचालनमा रहेको प्रतिष्ठानको कोभिड अस्पतालमा अक्सिजन पलान्ट सुरु भएको छ । उक्त अक्सिजन पलान्टका लागि प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषदका कार्यालयले सामानहरु उपल्बध गराएको थियो ।
प्रतिष्ठान अन्तर्गत कोभिड विशेष अस्पतालका प्रशासन प्रमुख सन्तोष ठाकुरका अनुसार उक्त अक्सिजन पलान्टबाट तत्काल दैनिक २५ देखि ३० सिलिण्डर सम्म अक्सिजन उत्पादन हुनेछ । आफ्नै अक्सिजन पलान्टबाट अक्सिजन उत्पादन भएपछि अव विरामीको उपचारमा अक्सिजनको अभाव नहुने बताउँदै प्रशासन प्रमुख ठाकुरले भने,‘ कोरोना कालमा बढी विरामीलाई अक्सिजन नै चाहिएकोले अव प्रदेश २ मा अक्सिजन अभावको समस्या धेरै हद सम्म टकेको छ ।’ त्यस्तै स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले दिएको अर्को अक्सिजन पलान्ट पनि अव केहि महिनामै संचालनमा आउने उनले बताए ।
अर्को अक्सिजन पलान्टको कामपनि धामाधम भईरहेको बताउदै उनले भने,’आपुर्ति केन्द्रले दिएको अक्सिजन पलान्ट यो भन्दा बढी क्षमताको छ, त्यो संचालनमा आएपछि हामीलाई कुनैपनि वेला अक्सिजनको अभाव हुँदैन ।’




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त