Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

प्रदेश २ सरकारले सञ्चालन गर्‍यो अक्सिजन प्लान्ट

प्रदेश २ सरकारले सञ्चालन गर्‍यो अक्सिजन प्लान्ट

हेल्थ टिभी अनलाइन \जनकपुरधाम : कोरोना महामारीलाई मध्यनजर गर्दै प्रदेश २ सरकारले आफ्नै अक्सिजन पलान्ट संचालनमा ल्याएको छ ।

प्रदेश सरकारको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले विहिबारदेखि आफ्नै अक्सिजन पलान्ट संचालनमा ल्याएको हो । जनकपुरधाम– १४ मुलेजेलियास्थित मनिपालमा संचालनमा रहेको प्रतिष्ठानको कोभिड अस्पतालमा अक्सिजन पलान्ट सुरु भएको छ । उक्त अक्सिजन पलान्टका लागि प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषदका कार्यालयले सामानहरु उपल्बध गराएको थियो ।

प्रतिष्ठान अन्तर्गत कोभिड विशेष अस्पतालका प्रशासन प्रमुख सन्तोष ठाकुरका अनुसार उक्त अक्सिजन पलान्टबाट तत्काल दैनिक २५ देखि ३० सिलिण्डर सम्म अक्सिजन उत्पादन हुनेछ । आफ्नै अक्सिजन पलान्टबाट अक्सिजन उत्पादन भएपछि अव विरामीको उपचारमा अक्सिजनको अभाव नहुने बताउँदै प्रशासन प्रमुख ठाकुरले भने,‘ कोरोना कालमा बढी विरामीलाई अक्सिजन नै चाहिएकोले अव प्रदेश २ मा अक्सिजन अभावको समस्या धेरै हद सम्म टकेको छ ।’ त्यस्तै स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले दिएको अर्को अक्सिजन पलान्ट पनि अव केहि महिनामै संचालनमा आउने उनले बताए ।

अर्को अक्सिजन पलान्टको कामपनि धामाधम भईरहेको बताउदै उनले भने,’आपुर्ति केन्द्रले दिएको अक्सिजन पलान्ट यो भन्दा बढी क्षमताको छ, त्यो संचालनमा आएपछि हामीलाई कुनैपनि वेला अक्सिजनको अभाव हुँदैन ।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै