Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भारतका २६ राज्यमा फैलिसक्यो ओमिक्रोन, दिल्ली र मुम्बईमा सबैभन्दा धेरै

भारतका २६ राज्यमा फैलिसक्यो ओमिक्रोन, दिल्ली र मुम्बईमा सबैभन्दा धेरै

हेल्थ टिभी अनलाइन : भारतका २६ राज्यमा कोरोनाको ओमिक्रोन भेरियन्ट फैलिसकेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार २६ राज्यमा पुगेको ओमिक्रोन सबैभन्दा बढी दिल्ली मुम्बईमा रहेको छ । दिल्ली र मुम्बईका अस्पतालमा फेरि एकपटक संक्रमित भरिन थालेका छन्।

ओमिक्रोन भेरियन्ट बढी संक्रामक भएकाले पनि अस्पतालमा संक्रमितको संख्या बढिरहेको जनाइएको छ । जटिलता कम ल्याएको देखिए पनि संक्रमण बढ्नु नै आफैमा चिन्ताको विषय भएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।

कोरोना बढ्न थालेपछि यी शहरहरुमा कतै नाइट कर्फ्यू त कतै विकेन्ड कर्फ्यू लगाइएको छ । भारतमा संक्रमण बढ्न थालेपछि खुला सिमाना भएका कारण नेपालमा पनि यसको जोखिम बढेको भन्दै सरकारले सबै निकायलाई तयारी अवस्थामा बस्न तथा सतर्कता अपनाउन निर्देशन दिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै