भारतका २६ राज्यमा फैलिसक्यो ओमिक्रोन, दिल्ली र मुम्बईमा सबैभन्दा धेरै
हेल्थ टिभी अनलाइन : भारतका २६ राज्यमा कोरोनाको ओमिक्रोन भेरियन्ट फैलिसकेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार २६ राज्यमा पुगेको ओमिक्रोन सबैभन्दा बढी दिल्ली मुम्बईमा रहेको छ । दिल्ली र मुम्बईका अस्पतालमा फेरि एकपटक संक्रमित भरिन थालेका छन्।
ओमिक्रोन भेरियन्ट बढी संक्रामक भएकाले पनि अस्पतालमा संक्रमितको संख्या बढिरहेको जनाइएको छ । जटिलता कम ल्याएको देखिए पनि संक्रमण बढ्नु नै आफैमा चिन्ताको विषय भएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।
कोरोना बढ्न थालेपछि यी शहरहरुमा कतै नाइट कर्फ्यू त कतै विकेन्ड कर्फ्यू लगाइएको छ । भारतमा संक्रमण बढ्न थालेपछि खुला सिमाना भएका कारण नेपालमा पनि यसको जोखिम बढेको भन्दै सरकारले सबै निकायलाई तयारी अवस्थामा बस्न तथा सतर्कता अपनाउन निर्देशन दिएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?