Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

घातक ओमिक्रोनलाई कमजोर नठान्न विश्व स्वास्थ्य संगठनको चेतावनी

घातक ओमिक्रोनलाई कमजोर नठान्न विश्व स्वास्थ्य संगठनको चेतावनी

हेल्थ टिभी अनलाइन : विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टले विश्वभरि मानिसको ज्यान लिइरहेकोले यसलाई कमजोर नठानन चेतावनी जारी गरेको छ।

हालैका अध्ययनहरूले ओमिक्रोनले अन्य भेरिअन्टभन्दा कम मात्रामा मात्रै संक्रमितलाई अस्पतालको उपचार चाहिने अवस्थामा पुर्‍याउने देखिएको जनाएका छन्।

तर डब्ल्यूएचओका प्रमुख डा टेड्रोस एड्हानोम गेहब्रेयससले ओमिक्रोनका कारण धेरै संख्यामा मानिसहरू सङ्क्रमित हुँदा स्वास्थ्य प्रणालीहरू धेरै दबावमा परेको बताएका छन्। संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य सङ्गठनले गत साता विश्वभर सङ्क्रमणको सङ्ख्या ७१ प्रतिशतले बढेको र अमेरिकी महाद्विपमा १०० प्रतिशतले बढेको जनाएको छ।

विश्वभरका गम्भीर सङ्क्रमणको घटनामध्ये ९० प्रतिशत सङ्क्रमितले कोभिड खोप नलगाएको पनि डब्ल्यूएचओले बताएको छ। डेल्टाभन्दा ओमिक्रोन विशेषगरी खोप प्राप्त गरेका व्यक्तिहरूमा कम घातक देखिएको भए पनि यसको आधारमा त्यसलाई कम जोखिमयुक्त भनेर वर्गीकरण गर्नु हुँदैन, बिहीवार डब्ल्यूएचओ प्रमुखले भने। पहिलेका भेरिअन्टले जस्तै ओमिक्रोनले मानिसहरूलाई अस्पताल पुर्‍याउने र मार्ने गरिरहेको छ।

वास्तवमा सङ्क्रमणको सुनामी यति विशाल र तीव्र छ कि विश्वभरिका स्वास्थ्य प्रणालीलाई दबाव परेको छ।कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट अत्यधिक सङ्क्रामक छ र यसले पूर्ण मात्रा खोप लगाएका मानिसलाई पनि सङ्क्रमण गर्न सक्छ। यद्यपि सङ्क्रमण भएकाहरूलाई गम्भीर अवस्थामा पुगेर अस्पताल भर्ना भएर उपचार गराउनु पर्ने स्थिति रोक्न खोपले काम गरिरहेको बताइन्छ।

बिहीवार यूकेले कोरोनाभाइरसका थप १७९,७५६ सङ्क्रमण र २३१ मृत्यु पुष्टि गरेको छ। त्यहाँका केही अस्पतालहरूले कर्मचारी बिदामा भएको र कोभिडका दबावका कारण अवस्था गम्भीर भएको बताएका छन्।

अन्यत्र पनि अस्पताल पुग्ने बिरामीहरू बढिरहेका छन्। फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभर भेरानले ज्यानुअरी महिना देशका अस्पतालहरूका लागि कठिन हुने बताएका छन्।

बीबीसीबाट :

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि