स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि पाल्पा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
हेल्थ टिभी अनलाइन : जिल्ला अस्पताल पाल्पामा आकस्मिक बाहेकको सेवा बन्द भएको छ। अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले अत्यावश्यक बाहेकको सेवा बन्द गरेको हो ।
निमित्त मेसुसहित १० जना कर्मचारीको पीसीआर परीक्षण गर्दा नौ जनामा कोरोना संक्रमण देखिएको अस्पताल विकास समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिए। अस्पतालले सूचना जारी गर्दै सुत्केरी सेवा, ल्याब, सुरक्षित गर्भपतन र सिफारिसबाहेकका सेवा केही दिनका लागि पूर्णरूपमा बन्द गरिएको जनाएको छ।
मेसुसहित ६ मेडिकल अधिकृत, एक डेन्टल सर्जन, एक पारामेडिक्स र एक ल्याब टेक्निसियनमा कोरोना पुष्टि भएको हो। उनीहरु सबै आइसोलेसन बस्नुपरेकाले सेवा बन्द गरिएको पाण्डेयले बताए। जिल्लामा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको पाइन्छ ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त