Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अमेरिकामा एकैदिन १० लाख संक्रमित थपिए, अधिकांशमा ओमिक्रोन भेरियन्ट पुष्टि

अमेरिकामा एकैदिन १० लाख संक्रमित थपिए, अधिकांशमा ओमिक्रोन भेरियन्ट पुष्टि

हेल्थ टिभी अनलाइन : अमेरिकामा एकै दिन १० लाख भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन्।

तर तीव्र गतिमा फैलिरहेको ओमिक्रोन भेरियन्टको लहर अझै उच्च विन्दुमा पुग्न बाँकी नै रहेको अधिकारीहरूले चेतावनी दिएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमवार एकै दिनमा विश्वको कुनै पनि देशको तुलनामा सर्वाधिक अमेरिकामा १० लाख ८० हजार संक्रमित थपिएका छन्।

हाल अमेरिकामा पुष्टि भएका संक्रमित मध्य अधिकांशमा ओमिक्रोन भेरियन्ट पाइएको छ। सरकारी पहलबारे आलोचना खेपिरहेका राष्ट्रपति जो बाइडनले संक्रमण बढे पनि विद्यालयहरू खुलै राख्न आह्वान गरेका छन्। यस अघिका लहरको तुलनामा मृत्यु हुने र अस्पताल भर्ना हुने बिरामीहरूको सङ्ख्या पछिल्ला हप्ताहरूमा निकै कम रहे पनि अस्पताल भर्ना हुन आउनेहरूको सङ्ख्या बिस्तारै उकालो लागिरहेको बताइएको छ।

उता भारतको राजधानी नयाँ दिल्ली र अर्को ठूलो सहर मुम्बईमा पनि कोरोनाभाइरस संक्रमितहरुको संख्या बढ्दो क्रममा छ। मङ्गलवार भारतमा ३७ हजार भन्दा बढी संक्रमित थपिएका छन् जुन एक सातामा पाँच गुणा वृद्धि रहेको विज्ञहरूले बताएका छन्।

धेरैमा ओमिक्रोन भेरिअन्ट पुष्टि भएको बताइएको छ। कुल सङ्क्रमित मध्ये झन्डै एक तिहाइ दिल्ली र मुम्बईमा छन्। खोप सम्बन्धी एउटा कार्यदलका प्रमुख डा एनके अरोराले सोमवार एनडीटीबीलाई भारतमा कोभिड महामारीको तेस्रो लहर सुरु भइसकेको बताएका छन्।

कोभिड संक्रमण फैलने क्रम बढ्दै गएसँगै राज्य सरकारहरूले पुनः प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गर्दै छन्। मंगलबार भारतको राजधानी दिल्लीका अधिकारीहरूले सप्ताहान्तमा कर्फ्यू लगाउने निर्णय गरेका छन्।

बीबीसीबाट :

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन