२४ घण्टामा ३९३ नयाँ संक्रमित थपिए, ३ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ३९३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ३२९ जनाको नमुना परीक्षण गरिएकोमा ३९३ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ६०१ पुगेको छ । उता गत २४ घण्टामा २६३ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ लाख १६ हजार ७७४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ प्रतिशत रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?