कोरोना संक्रमण बढेपछि दिल्लीमा ‘विकेन्ड कर्फ्यू’ को तयारी
हेल्थ टिभी अनलाइन : भारतको दिल्लीमा कोरोना संक्रमण बढेपछि विकेन्ड कर्फ्यूको तयारी गरिएको छ । गत २४ घण्टामा ४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दैनिक रुपमा नयाँ संक्रमितको संख्या बढ्न थालेपछि दिल्ली सरकारले यो सातादेखि शुक्रबार राती १० बजेदेखि सोमबार बिहान ५ बजेसम्मका लागि विकेन्ड कर्फ्यू लगाउने तयारी गरेको हो ।
छुट्टीको समयमा यताउता निस्कने सक्ने भन्दै यो समयमा घरमै बस्न आग्रह गर्दैै सरकारले यस्तो आदेश दिन लागेको त्यहाँका संचारमाध्यमहरुले जनाएका छन्। दिल्लीमा यसअघि लगाइएको नाइट कर्फ्यू पनि जारी रहने जनाइएको छ ।
उता सरकारी कर्मचारीलाई वर्क फ्रम होमको तयारी पनि भइरहेको जनाइएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?