Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना संक्रमण बढेपछि दिल्लीमा ‘विकेन्ड कर्फ्यू’ को तयारी

कोरोना संक्रमण बढेपछि दिल्लीमा ‘विकेन्ड कर्फ्यू’ को तयारी

हेल्थ टिभी अनलाइन : भारतको दिल्लीमा कोरोना संक्रमण बढेपछि विकेन्ड कर्फ्यूको तयारी गरिएको छ । गत २४ घण्टामा ४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दैनिक रुपमा नयाँ संक्रमितको संख्या बढ्न थालेपछि दिल्ली सरकारले यो सातादेखि शुक्रबार राती १० बजेदेखि सोमबार बिहान ५ बजेसम्मका लागि विकेन्ड कर्फ्यू लगाउने तयारी गरेको हो ।

छुट्टीको समयमा यताउता निस्कने सक्ने भन्दै यो समयमा घरमै बस्न आग्रह गर्दैै सरकारले यस्तो आदेश दिन लागेको त्यहाँका संचारमाध्यमहरुले जनाएका छन्। दिल्लीमा यसअघि लगाइएको नाइट कर्फ्यू पनि जारी रहने जनाइएको छ ।

उता सरकारी कर्मचारीलाई वर्क फ्रम होमको तयारी पनि भइरहेको जनाइएको छ ।

थप समाचार