Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई कोरोनाको अतिरिक्त खोप दिइने

रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई कोरोनाको अतिरिक्त खोप दिइने

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोभिड १९ विरुद्धको खोपको अतिरिक्त मात्रा दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जोखिम समूहमा रहेका व्यक्तिहरुलाई पूर्ण खोप लगाएको भए पनि भविष्यमा  हुनसक्ने जटिलतालाई मध्यनजर गर्दै थप खोप मात्रा दिन लागिएको हो ।

यसरी अतिरिक्त खोप लगाउनका लागि पहिले जुन खोप लगाइएको छ सोही खोप नै दिइने भएको छ । मन्त्रालयले यसलाई बुस्टर डोज नभई रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिहरुलाई दिन लागिएको थप खोप भएको जनाएको छ ।
खोप पाउने समूहहरु:

-मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु
-सक्रिय क्यान्सरका बिरामी
-अंग प्रत्यारोपण गरेका बिरामी
-एचआइभी भएका बिरामी
-उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषिध सेवन गरिरहेका बिरामी

यसका साथै भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष माथिका सबै व्यक्तिले सरकारले दिन लागेको यो अतिरिक्त खोप पाउने छन्। थप खोप लगाउनका लागि पहिले खोप लगाएको तीन महिना पुगेको हुनुपर्नेछ । खोप लगाउनका लागि आफूले पहिले खोप लगाएको कार्ड लिएर आफनो नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि