थप ३२६ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार ४९८ जनाको नमुना परीक्षण गरिएकोमा थप ३२६ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ५९८ पुगेको छ । उता पछिल्लो २४ घण्टामा ३ लाख ४४ हजार ४४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ५ पुगेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?