थप ३२६ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार ४९८ जनाको नमुना परीक्षण गरिएकोमा थप ३२६ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ५९८ पुगेको छ । उता पछिल्लो २४ घण्टामा ३ लाख ४४ हजार ४४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ५ पुगेको छ ।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त