ओमिक्रोन फैलिन नदिन पूर्व तयारी गर्न सबै स्वास्थ्य निर्देशनालयलाई मन्त्रालयको निर्देशन
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको ओमिक्रोन भेरियन्ट भित्रिन र फैलिन नदिन पूर्व तयारी गर्न स्वास्थ्य निर्देशनालयलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण प्रसाद पौडेलले आज एक सूचना जारी गर्दै सातै प्रदेशका स्वास्थ्य निर्देशनालय, सबै जिल्लाका स्वास्थ्य कार्यालय तथा स्थानीय निकायलाई ओमिक्रोन भित्रिन नदिनका लागि पूर्व तयारी गर्न निर्देशन दिएका हुन्।
उनले यसअघि जसरी कोरोना नियन्त्रणका लागि सबै पक्ष लागेर काम गरिएको थियो त्यसरी नै कोरोनाको नयाँ भेरियन्ट फैलिन नदिन पनि फेरी एकपटक त्यसैगरी पूर्व तयारी एवम सतर्कता आवश्यक रहेको भन्दै सबैलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न र गर्न लगाउन आग्रह गरेका छन्। यसैगरी सीमा नाकाहरुमा प्रोटोकल अनुसार परीक्षण तथा निगरानी बढाउन पनि आग्रह गरिएको छ ।
जोखिम क्षेत्र पहिचान गर्दै परीक्षणको दायरा बढाउन पनि इपिडिमियोलोजीले जारी गरेको पत्रमा उल्लेख छ । भारतमा ओमिक्रोन संक्रमण बढ्न थालेपछि नेपालमा पनि जोखिम बढेको भन्दै मन्त्रालयले सबैलाई सतर्कता अपनाउन र परीक्षण र खोप लगाउने काममा पनि तीब्रता दिन भनिरहेको छ ।
नेपालमा हालसम्म तीन जनामा ओमिक्रोन पुष्टि भएको छ । उनीहरु अहिले संक्रमणमुक्त भइसकेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण