काठमाडौं, भक्तपुर र ललितपुरमा ५ सय बढी सक्रिय संक्रमित, ७ जिल्ला कोरोना शुन्य
हेल्थ टिभी अनलाइन \काठमाडौं : हाल देशभर ४ हजार ९६९ जना मात्र सक्रिय कोरोना संक्रमित रहेका छन् । तीमध्ये सबैभन्दा धेरै उपत्यकामा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल काठमाडौंमा ९५९ जना, भक्तपुरमा ५०२ जना र ललितपुरमा ६१२ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।
यसैगरी सुनसरी, बाँके, कास्की र कैलालीमा २ सय बढी सक्रिय संक्रमित रहेका छन्। अन्य जिल्लामा भने २ सय भन्दा कम संक्रमित रहेको मन्त्रालयले जनाएको छ । उता सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरा गरी ७ वटा जिल्ला हाल कोरोना शुन्य भएको पनि मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ११ हजार ५९४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन्। उता सक्रिय संक्रमितमध्ये ८९ जनाको आइसीयूमा र २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा तुलनात्मक रुपमा कोरोना संक्रमण कम हुँदै गएको भए पनि जोखिम भने कायम नै रहेको भन्दै विज्ञहरुले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेमा जोड दिंदै आएका छन्। पछिल्लो समय देखिएको ओमिक्रोन भेरियन्टले नेपाल लगायत सबै देशमा चिन्ता बढाएको छ ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त