Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

देशभर ४ हजार ८७९ सक्रिय कोरोना संक्रमित, ११३ जना आइसीयू र भेन्टिलेटरमा

पछिल्लो २४ घण्टामा देशभर २३५ नयाँ संक्रमित थपिए

देशभर ४ हजार ८७९ सक्रिय कोरोना संक्रमित, ११३ जना आइसीयू र भेन्टिलेटरमा

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर अहिले ४ हजार ८७९ जना मात्र सक्रिय कोरोना संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जारी गरेको तथ्यांक अनुसार शुक्रबारसम्म देशभर होम तथा संस्थागत आइसोलेसनमा रहने सक्रिय संक्रमितको संख्या ४ हजार ८७९ रहेको हो ।

उनीहरुमध्ये ४ हजार ६५१ जना होम आइसोलेसनमा र २२८ जना संस्थागत आइसोलेसनमा रहेका छन्। उनीहरुमध्ये पनि ८९ जनाको आइसीयूमा र २४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हालसम्म देशभर ११ हजार ५९४ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा देशभर २३५ जना नयाँ संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर १ लाख ३९ हजार १५२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार