Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य अनुसन्धानका समाचार लेख्दा संवेदनशील भइदिन आग्रह

स्वास्थ्य अनुसन्धानका समाचार लेख्दा संवेदनशील भइदिन आग्रह

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य अनुसन्धानका विषयवस्तुको समाचार बनाउँदा संवेदनशील भईदिन सञ्चारकर्मीलाई आग्रह गरिएको छ । बुधबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट नेपालले आयोजना गरेको ‘जर्नालिज्म मिट्स साइन्स’ नामक छलफल कार्यक्रममा अनुसन्धानकर्ताले यस्तो आग्रह गरेका हुन्।

कार्यक्रममा अनुसन्धानकर्ताहरुले कहिलेकाहीं सञ्चारकर्मीले मुख्य विषयवस्तु नै नबुझेर समाचार लेखिंदिंदा धेरै समय र मिहिनेत लागेर गरेको अनुसन्धान नै प्रभावित हुने गरेको भन्दै सञ्चारकर्मीलाई अनुसन्धानका समाचार बनाउँदा सम्बन्धित व्यक्तिलाई नै सोधेर मात्र लेखिदिन आग्रह गरे ।

कार्यक्रममा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट नेपालकी रिसर्चर डा सुलोचना मानन्धरले अनुसन्धान गर्ने व्यक्तिलाई नै सम्पर्क गरेर समाचार लेखिंदिंदा त्यसको बारेमा सही सूचना बाहिर जाने हुँदा सञ्चारकर्मीलाई एकपटक सोधेर र भेरिफाई गरेर मात्र समाचार बनाएदिए अनुसन्धानमा बाधा नपुग्ने बताइन्। उनले अनुसन्धान प्राविधिक विषय हुने भएकाले जार्गन शब्दहरु हुने हुँदा कहिलेकाहीं अनुसन्धानकर्ताले बुझाउन नसक्दा पनि समस्या हुने गरेको स्विकार गर्दै त्यस्ता विषयलाई बुझाउनका लागि आफूहरु तयार रहेको समेत जिकीर गरिन्।

कार्यक्रममा स्वास्थ्य विटमा लामो समयदेखि कलम चलाइरहेका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । उनीहरुले अनुसन्धानकर्ताले समयमै र सहज ढंगबाट सञ्चारकर्मीलाई अनुसन्धानकाबारेमा बुझाउन सके मात्र सर्वसाधारणसमक्ष सही सूचना जाने भन्दै अनुसन्धानकर्ता र स्वास्थ्यमै लेख्ने सञ्चारकर्मीवीच निरन्तर छलफल र अन्तरक्रिया हुनुपर्नेमा जोड दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार