Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चितवनमा आँखा, नाक, कान घाँटी तथा मुख स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

चितवनमा आँखा, नाक, कान घाँटी तथा मुख स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

हेल्थ टिभी अनलाइन \काठमाडौं : चितवनमा आँखा, नाक, कान घाँटी तथा मुख स्वास्थ्यसम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

अभिमुखीकरण कार्यक्रमको शुभारम्भ भरतपुर महानगरका उप प्रमुख पार्वती शाहले गरेकी थिइन्। कार्यक्रममा बोल्दै शाहले भरतपुरमा स्थानीय तहमा स्वास्थ्यका विविध कार्यक्रमहरु गर्दै आएको भन्दै मुख स्वास्थ्यसम्बन्धी कार्यक्रम गरेर धेरैलाई यसबारे जानकारी दिएकोमा आयोजकलाई धन्यवाद समेत दिइन्।

यसैगरी स्वास्थ्य सेवा विभागका उपचारात्मक महाशाखाका निर्देशक डा पवनजंग रायमाझीले ओझेलमा परेको क्षेत्रलाई सम्बोधन गर्दै शाखा नै स्थापना गरेर आँखा, नाक, कान घाँटी तथा मुख स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको जनाए । उनले मुख स्वास्थ्य सबैको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए ।

यसैगरी आँखा, नाक कान,घाँटी तथा मुख स्वास्थ्य शाखा प्रमुख डा. प्रकाश बुढाथोकीले बिगत २ बर्षदेखी स्थानीय र प्रदेश सरकारलाई सशर्त बजेटका रुपमा कार्यक्रम राखिएकाले त्यो कार्यान्वयन गर्न तथा आफुले पनि बजेटमा पार्न अनुरोध गरेका थिए । आधारभुत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा समाहित भइसकेका बिशेषज्ञ सेवाहरु सरकारको तल्लो स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसम्म पुर्याउन चुनौती भए पनि स्वास्थ्यका सिपाहीहरु लागेमा असम्भव केहि नभएको उनले जिकीर गरे ।

कार्यक्रममा भरतपुर अस्पतालका प्रमुख प्राडा.कृष्ण पौडेलले सरकारले यस्ता हेर्दा सामान्य लाग्ने तर रोग लागेपछि आर्थिक हानी बढी हुने र जटिल हुने खालका बिशेषज्ञ सेवाहरु हरेक स्वास्थ्य संस्थामा पुर्याउन पर्ने बताए ।

अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक, प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक, सामाजिक विकास तथा प्रदेश स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख, चितवन, मकवानपुर, नवलपुर, कैलालीका स्वास्थ्य प्रमुख, भरतपुर, बिराटनगर, जनकपुर, धनगढी, घोराही महानगर तथा उपमहानगरका स्वास्थ्य महाशाखा र शाखा प्रमुखहरुको सहभागिता रहेको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार