थप २२० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर गत २४ घण्टामा थप २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ६०८ जनाको नमुना परीक्षण गरिएकोमा २२० जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज २ जना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ५९० पुगेको छ । उता यहीवीच गत २४ घण्टामा २५३ जना संक्रमित निको भएका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ लाख २ हजार ६८७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। अहिले देशभर ४ हजार ८६४ जना मात्र सक्रिय संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?