थप २६४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार ५६६ जनाको नमुना परीक्षण गरिएकोमा २६४ जनामा कोरोना देखिएको हो । यसैगरी आज २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उता यहीवीच २६० जना कोरोना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर २ लाख ८३ हजार २६५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। अहिले देशभर ४ हजार ९१० जना सक्रिय संक्रमित रहेका छन्।
नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ प्रतिशत रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?