थप २६४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार ५६६ जनाको नमुना परीक्षण गरिएकोमा २६४ जनामा कोरोना देखिएको हो । यसैगरी आज २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उता यहीवीच २६० जना कोरोना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर २ लाख ८३ हजार २६५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। अहिले देशभर ४ हजार ९१० जना सक्रिय संक्रमित रहेका छन्।
नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ प्रतिशत रहेको छ ।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त