Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आजदेखि बालबालिकालाई दिने भनिएको ‘फाइजर खोप कार्यक्रम’ सिरिन्ज अभावमा स्थगित

आजदेखि बालबालिकालाई दिने भनिएको ‘फाइजर खोप कार्यक्रम’ सिरिन्ज अभावमा स्थगित

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले आजदेखि बालबालिकाका लागि दिने भनिएको फाइजर खोप अभियान केही समयका लागि स्थगित भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार फाइजर खोप आइपुगेको भए पनि यसमा प्रयोग हुने सिरिन्जको अभावमा खोप अभियान स्थगित भएको हो ।

सरकारले यसअघि नै काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेत गरी ८ वटा जिल्लामा आजदेखि १२ देखि १७ वर्षका बालबालिकालाई फाइजर खोप दिने भनी सूचना जारी गरेको थियो । तर सिरिन्ज समयमै नआउँदा समस्या भएको मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले बताए । उनले सिरिन्ज प्राप्त हुनासाथ खोप अभियान सुरु गरिने समेत जिकीर गरे । त्यसो त पुस ४ गतेदेखि ५७ जिल्लामा १२ देखि १७ वर्षका बालबालिकाका लागि मोडर्ना खोप लगाउने क्रम जारी छ । उनीहरुका लागि विद्यालयमै खोप केन्द्र बनाएर खोप दिने काम भइरहेको जनाइएको छ ।

नेपालमा १२ देखि १७ वर्षका बालबालिकाका लागि मोर्डना र फाइजर दुई थरी खोप मात्र लगाउन सुरु गरिएको छ । १२ वर्षभन्दा मूनिका बालबालिकाका लागि भने अहिलेसम्म कुनै खोप आएको छैन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार