Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अबदेखि निजी अस्पताल र मेडिकल कलेजले पनि कोरोना खोप केन्द्र सञ्चालन गर्न पाउने

अबदेखि निजी अस्पताल र मेडिकल कलेजले पनि कोरोना खोप केन्द्र सञ्चालन गर्न पाउने

हेल्थ टिभी अनलाइन \काठमाडौं : अबदेखि निजी अस्पताल तथा मेडिकल कलेजले समेत कोरोना विरुद्धको खोप  केन्द्र सञ्चालन गर्न पाउने भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै कोरोना नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्दै मेडिकल कलेज तथा ५० बेडभन्दा माथिका निजी अस्पतालले पनि खोप केन्द्र सञ्चालन गर्न सक्ने गरी निर्णय गरिएको जनाएको हो । खोप केन्द्र सञ्चालन गर्न चाहने अस्पतालले सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरी १८ वर्ष माथिका नागरिकका लागि बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोप अभियान सञ्चालन गर्न सक्नेछन्।

यसभन्दा अघि सरकारले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाबाट मात्र कोरोना विरुद्धको खोप दिंदै आएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार