थप २७१ जनामा कोरोना संक्रमण, २२५ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ८८६ जनाको नमुना परीक्षण गरिएकोमा २७१ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज २२५ जना संक्रमित संक्रमणमुक्त भएका छन्। उता यहीवीच एक जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसैगरी मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ लाख ६८ हजार ३१९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
अहिले देशभर ४ हजार ९३१ जना मात्र सक्रिय कोरोना संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?