ह्याम्समा नयाँ वर्षको वेलनेस प्याकेज : होलबडी चेकअपमा ४० प्रतिशत छुट
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालले अंग्रेजी नयाँ वर्षको अवसर पारेर होलबडी चेकअपमा ४० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ । अस्पतालले वेलनेस प्याकेज अन्तर्गत रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिन बेला बेलामा स्वास्थ्य परीक्षण गर्न जरुरी भएको कुरा अघि सार्दै वेलनेस सेन्टर समेत स्थापना गरेको छ । सोही वेलनेस सेन्टरमार्फत अहिले नयाँ वर्षको उपलक्ष्यमा क्रिसमसदेखि फेब्रुअरी १२ सम्म सबै परीक्षणमा ४० प्रतिशत छुट दिने घोषणा गरेको हो ।
होलबडी चेकअपमा अस्पतालले अघि सारेका प्याकेजमा ११ वटा छुट्टाछुट्टै प्याकेज रहेका छन्। कम्प्रिहेन्सिभ प्याकेज, डाइबेटिज हेल्थ प्याकेज, वुमन्स हेल्थ प्याकेज, सिनियर हेल्थ प्याकेज, चाइल्ड हेल्थ प्याकेज, किड्नी हेल्थ प्याकेज लगायतका ११ वटा सेवाका आधारमा विशिष्टीकृत प्याकेजहरु रहेको अस्पतालले जनाएको छ । यी सेवाहरु डिसेम्बर २५ अर्थात क्रिसमसको दिनदेखि विशेष छुटसहित सुरु भइरहेका छन्।
अस्पतालले यसअघि पनि वेलनेस सेन्टरमार्फत सेवा दिइरहेको भए पनि अबदेखि भने प्रिभेन्टिभ हेल्थ चेकअपका लागि छुट्टै भवन बनाएर त्यहीबाट सबै सेवा एकीकृत रुपमा दिन लागेको हो । प्रिभेन्टिभ चेकअप अन्तर्गत आउने बिरामीका लागि स्वास्थ्यकर्मीदेखि सबै सेवा छुट्टै हुने बताइएको छ ।
पालोे कुरेर बस्न नपर्ने, अन्य बिरामीसँग कुनै घुलमिल नै नहुने र आफूले भनेको समयमै आफना सबै परीक्षण एकै स्थानबाट गर्न सकिने भएकाले पनि अहिले वेलनेस सेन्टरमा बिरामीको भिड बढेको अस्पतालको जनाएको छ ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त