यी ४ अस्पतालबाट दिइँदैछ विदेश जानेका लागि जोन्सन एण्ड जोन्सन खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले विदेश जानेहरुका लागि काेभिड -१९ विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाउनका लागि उपत्यकाका ४ अस्पताल तोकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यी ४ अस्पतालमा गएर खोप लगाउन सबैलाई आग्रह गर्दै अस्पतालको सूची समेत सार्वजनिक गरेको हो । खोप दिइने अस्पतालमा वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगंज, सशस्त्र प्रहरी अस्पताल बलम्बु र शहीद शुक्रराज ट्रविकल तथा सरुवा रोग अस्पताल टेकु रहेका छन्।
यी अस्पतालमा गएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ । त्यसका लागि आफनो पासपोर्ट र भिसा भने लिएर जानुपर्नेछ । जोन्सन एण्ड जोन्स एक डोज मात्र लगाए पुग्ने खालको खोप हो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?