२४ घण्टामा ९ हजार ६७७ नमुना परीक्षण, २१९ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ९ हजार ६७७ जनाको नमुना परीक्षण गरिएकोमा २१९ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ५८५ पुगेको छ । यहीवीच २८३ संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ७६ हजार ३३० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। हाल देशभर ४ हजार ९०६ जना मात्र सक्रिय संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?