शनिबार १६७ नयाँ संक्रमित थपिए, २२६ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : शनिबार देशभर १६७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ४४७ जनाको नमुना परीक्षण गरिएकोमा १६७ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज एक जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । उता यहीवीच २२६ जना संक्रमित भने संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या घटेर ४ हजार ९७८ मा झरेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ५५ हजार ४५८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?