खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजीमा सरकारी दरमै पत्थरीको शल्यक्रिया
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको कुपन्डोलमा रहेको खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीले विपन्न नागरिकका लागि सरकारी दरमा नै मिर्गौला पत्थरीको शल्यक्रिया गर्ने भएको छ । इन्स्टिच्युटका मेडिकल डाइरेक्टर एवम वरिष्ठ कन्सल्टेन्ट युरोलोजिस्ट डा सन्जय खड्गीले आरुस अस्पतालसँगको सहकार्यमा विपन्न नागरिकका लागि प्रत्येक दिन ४ जना विपन्न नागरिकको सरकारी अस्पतालमा लिइने दरमा नै मिर्गौला पत्थरीको शल्यक्रिया गर्ने जनाएका हुन्।
अत्याधुनिक प्रविधिसहित सुरु गरिएको अन्तराष्ट्रियस्तरको मोडुलर अपरेसन थियटरमा सबैको पहुँच पुग्न सकोस भनेर शुलभ दरमा उच्चस्तरीय सेवा दिन खोजिएको खड्गी बताउँछन्। डा खड्गीले आफनो वडाबाट विपन्नको सिफारिसपत्र लिएर आउनेलाई आफूहरुले त्यसकै आधारमा सेवा दिने जनाए । उनले भने, ‘यसो भन्दैमा सरकारी दरमा पनि शल्यक्रिया गर्न नसक्नेलाई म नि:शुल्क पनि शल्यक्रिया गर्छु । मेरो उद्देस्य भनेकै पैसा नभएका कारण कसैले पनि मिर्गौलाको पत्थरीका कारण दुख नपाउन भन्ने हो ।’ उनले भने हुनेले तिर्छन नहुनेलाई कही छैन् तर सेवा चाहिं पाउनु पर्यो ।

डा खड्गी नेपालमा मिर्गौलाको पत्थरीको बिना चिरफार शल्यक्रिया गरिने अत्याधुनिक प्रविधि मिनी पीसीएनएल भित्राउने पहिलो डाक्टर हुन्। यो प्रविधिबाट उनले हालसम्म १० हजारभन्दा बढीको मिर्गौला पत्थरीको शल्यक्रिया गरिसकेका छन्।
उनले भने, ‘हाीमीकहाँ अहिले जुन प्रविधि र अपरेसन थियटर छ बिरामी अमेरिका, यूरोप गए पनि यही सेवा पाउने हो । त्यसैले नेपालमै बिरामीले सुलभ दरमा अत्याधुनिक र विश्वस्तरीय सेवा पाउन भन्ने हाम्रो चाहना हो उनले थपे । डा खड्गीले इन्स्टिच्युटलाई विश्वस्तरीय युरोलोजीसम्बन्धी विशेष गरी मिनी पीसीएनएल प्रविधि सिकाउने अन्तराष्ट्रिय ट्रेनिङ सेन्टर बनाउने सोचेको समेत जनाए ।
उनी नेपालका मिनी पीसीएनएल प्रविधिका पायोनियर डाक्टर भएकाले पनि धेरै देशहरुले उनलाई लाइभ सर्जरी गर्न बोलाउने गर्छन । उनले अहिलेसम्म मिर्गौला पत्थरी शल्यक्रियाको विभिन्न देश गएर दर्जनौं लाइभ सर्जरी गरिसकेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?