पछिल्लो २४ घण्टामा २९३ संक्रमित थपिए, २६३ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २९३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ६२६ जनाको नमुना परीक्षण गरिएकोमा थप २९३ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी २ जना कोरोना संक्रमितले आज ज्यान गुमाएका छन्।
उता यहीवीच २६३ जना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिले देशभर ५ हजार १६१ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
उनीहरुमध्ये ९६ जनाको आइसीयूमा र २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?