नेपालमा थप एक जनामा ‘ओमिक्रोन भेरियन्ट’ पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप एक जनामा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा संगीता मिश्राले एक ५८ वर्षीय व्यक्तिमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको जनाएकी हुन्। डा मिश्राले नियमित रुपमा गरिएको जिन सिक्वेन्सिङका क्रममा आज एक जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जनाएकी हुन्।
उनले संक्रमण पुष्टि भएका व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले आइसोलसनमा रहेको समेत जानकारी दिइन । योसँगै नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि हुनेको संख्या ३ पुगेको छ । यसअघि २ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?