Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोभिडका बेला कयौं महिलाको ज्यान जोगाउने ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अनलाइन परामर्श सेवा’

कोभिडका बेला कयौं महिलाको ज्यान जोगाउने ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अनलाइन परामर्श सेवा’

कल्पना आचार्य \काठमाडौं : विश्वभर सन् २०१९ को डिसेम्बरमा कोभिड १९ को महामारी सुरु भएपछि अन्य सेवाहरु प्रभावित भए जस्तै महिलालाई नभइ नहुने र सधैं चाहिने प्रजनन स्वास्थ्य सेवा पनि प्रभावित हुन पुग्यो । विश्न नै कोरोना भाइरसको त्रासमा थियो । कोरोना संक्रमण आगोको भुस जसरी संसारभर तीब्र रुपमा फैलिन थालेपछि धेरै देशहरुले महामारी नियन्त्रणका लागि कतै लकडाउन त कतै निषेधाज्ञा जारी गरे । कोरोना भाइरसले धेरैको ज्यान लिन थालेपछि सम्पूर्ण स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण नियन्त्रणमा परिचालन गरियो । जसले गर्दा केही समय त कोरोना संक्रमितबाहेकका अन्य बिरामीको खासै स्याहार हुन सकेन। अझ भनौं प्राथमिकतामा कोरोना संक्रमण मात्र पर्न थाल्यो ।

तर यहाँ प्रसगं उठाउन खोजिएको विषय अलि फरक छ । कोरोना महामारीले ग्रसित भएका बेलामा पनि छुटाउनै नहुने महिलाको प्रजनन स्वास्थ्यसँग जोडिएका विषयवस्तु हुन्। जब जब रोगको महामारी आउँछ, कुनै प्राकृतिक प्रकोपहरुहरु आउँछन वा द्धन्द हुन्छ त्यसबेला बढी प्रभावित हुने भनेकै महिला र त्यसमा पनि प्रजनन उमेरमा महिलाहरु विशेष गरी गर्भवती तथा सुत्केरी महिला पर्छन्।

पहिलो लकडाउनकै बेला गर्भावस्थाका महिलाहरुका लागि भन्दै मिडवाइफ्री सोसाइटी नेपालको पहलमा परोपकार प्रसुती गृह, आमाको माया, नेसोग र वियोण्ड वेइजिङ कमिटीसँग मिलेर अनलाइन कन्सल्टेसन सेवा सुरु भयो । सुरुमा टोल फ्रि नम्बर दिएर फोन गर्दा पैसा नलाग्ने नम्बरमा जोकोही पनि गर्भवती महिलाले परामर्श लिनसक्ने आफनो स्वास्थ्य अवस्थाकाबारेमा जानकारी लिनसक्ने गरी दक्ष स्वास्थ्यकर्मी नै राखेर सुरु गरिएको बताउँछिन मिडवाइफ्री सोसाइटी अफ नेपालकी अध्यक्ष डा लक्ष्मी तामाङ । पछि त्यसलाई हामीले केही जुझारु साथीहरुको सहयोग लिएर आमाको माया नामक एप नै बनाएर गर्भवती महिलाहरुलाई उनीहरुको अवस्था बुझ्ने , परामर्श दिने र आवश्यक परेमा हेलिकप्टरबाट रेस्क्यु समेत गर्ने गरी सेवा प्रदान गर्यौं, उनले भनिन।

कोरोना महामारी सुरु भएपछि नेपालमा पनि केही समय निकै त्रासपूर्ण अवस्था रह्यो । नेपालमा पहिलोपटक २०७६ माघ १० गते पहिलो कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको दुई महिनापछि धमाधम संक्रमित फेला पर्न थालेपछि पहिलोपटक सरकारले २०७६ साल चैत ११ गतेबाट देशव्यापी लकडाउन गरेको थियो र पटक-पटक म्याद थप्दै लकडाउन झन्डै ६ महिनासम्म कायम राखेको थियो ।

लकडाउन सुरु भएपछि सवारीसाधन, यायायात सबै ठप्प भए । जसले गर्दा गर्भवती महिला, किशोरकिशोरी तथा दम्पत्तीलाई प्रजनन स्वास्थ्य सेवा लिन समस्या हुन थाल्यो । प्रजनन उमेरका व्यक्तिहरु घरबाहिर निस्कन नपाउँदा झनै यो बेला गर्भनिरोधक साधनहरुको पनि माग बढेको थियो । तर आवतजावत गर्न नपाउँदा उनीहरु गर्भनिरोधक साधनको पहुँचबाट वञ्चित हुन पुगे । उता यो भन्दा पनि अझ महत्वपूर्ण गर्भवती महिलाहरु कोरोना महामारीले निम्त्याएको त्रासबाट अझ बढी प्रभावित हुन पुगे । यतिसम्म की आफू र आफनो गर्भमा रहेको बच्चालाई कसरी सुरीक्षत राख्ने भन्नेमा अलमलमा परेर मानसिक तनावमा देखिन थालेको बताउँछिन् परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालकी त्यतिबेलाकी निर्देशक डा संगीता मिश्र ।

यही अवस्था देखेर कोरोना महामारीमा पनि महिलाको मौलिक हकको रुपमा रहेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवा रोकिन हुन्न भन्ने हेतुले सरकारसँग मिलेर परोपकार प्रसुती अस्पताल, मिडवाइफ्री सोसाइटी अफ नेपाल लगायतका संस्थाले जुन अनलाइन कन्सलटेन्सन सेवाहरु सुरु गर्नु भयो त्यसले धेरै गर्भवती महिला र परिवार नियोजनका साधन आवश्यकता पर्ने महिलाहरु लाभान्वित भएको परिवार कल्याण महाशाखाका परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखा प्रमुख कविता अर्यालले बताइन्। उनले भनिन, ‘यो बेला अनलाइनबाट परामर्श दिनु र सेवा लिन कहाँ जाने भन्ने जानकारी पाउनु नै निकै ठूलो कुरा थियो सबै जना अस्पताल जान समेत डराएका बेला साझेदार संस्थाले सरकारसँग हातेमालो गर्दै सेवा दिनुभयो त्यो अतुलनीय छ, उनले भनिन।

पहिलो लकडाउनकै बेला गर्भावस्थाका महिलाहरुका लागि भन्दै मिडवाइफ्री सोसाइटी नेपालको पहलमा परोपकार प्रसुती गृह, आमाको माया, नेसोग र वियोण्ड वेइजिङ कमिटीसँग मिलेर अनलाइन कन्सल्टेसन सेवा सुरु भयो । सुरुमा टोल फ्रि नम्बर दिएर फोन गर्दा पैसा नलाग्ने नम्बरमा जोकोही पनि गर्भवती महिलाले परामर्श लिनसक्ने आफनो स्वास्थ्य अवस्थाकाबारेमा जानकारी लिनसक्ने गरी दक्ष स्वास्थ्यकर्मी नै राखेर सुरु गरिएको बताउँछिन मिडवाइफ्री सोसाइटी अफ नेपालकी अध्यक्ष डा लक्ष्मी तामाङ । पछि त्यसलाई हामीले केही जुझारु साथीहरुको सहयोग लिएर ‘आमाको माया’ नामक एप नै बनाएर गर्भवती महिलाहरुलाई उनीहरुको अवस्था बुझ्ने , परामर्श दिने र आवश्यक परेमा हेलिकप्टरबाट रेस्क्यु समेत गर्ने गरी सेवा प्रदान गर्यौं, उनले भनिन।

तामाङका अनुसार सरकारले एक्कासी बिना तयारी लकडाउन गरिंदिंदा प्रजनन स्वास्थ्य सेवा लिनुपर्ने महिलाहरु मारमा परेको देखेर टोल फ्रि नम्बर मार्फत अनलाइन परामर्श तथा सेवा दिने जमर्को गरिएको हो । उनले भनिन, ‘लकडाउन भएपछि गर्भवती भएका धेरै महिला एक किसिमको मनोवैज्ञानिक त्रासमा थिए। उनीहरुलाई सहयोग गर्ने कोही नहुँदा र सबै स्वास्थ्य संस्थामा कोरोनाको डर हुँदा उनीहरु हताहतमा देखिएका थिए ।’ यो एपले धेरै महिलालाई गर्भावस्थासँग जोडिएका जटिलताबाट जोगाएको उनको बुझाई छ ।

उता यो एपले परामर्श मात्र हैन कयौं तुरुन्त सेवा चाहिने महिलालाई हेलि रेस्क्यु समेत गरेर प्रसुती गराइएको उनले बताइन्। दैनिक रुपमा सल्लाह र परामर्शका लागि सयौं फोन आउने गरेको उनले जानकारी दिइन । त्यसका लागि नेपालमा पहिलोपटक मिडवाइफ पढेर पासआउट भएका तीन जना मिडवाइफले २४ घण्टा अनलाइन सेवा दिन तयार भएर बस्ने गर्थे । उनीहरुले कति महिनाको गर्भ हो , कस्तो समस्या छ सबै लक्षणहरु बुझेर तुरुन्त विशेषज्ञ डाक्टरसँग कनेक्ट गराई उनीहरुलाई सही सुझाव दिने तथा सेवा चाहिनेलाई एम्बुलेन्सको समेत व्यवस्था गरी अस्पतालसम्म पुराउने समेत काम गरेको मिडवाइफ तथा यो अनलाइन सेवामा रातदिन खटेकी मिडवाइफ प्रशसा बुढा बताउँछिन्। उनलाई साथ दिएका थिए उनीसँगै पढेका मिडवाइफ सबिता बुढा र रुक्मणी त्रिपाठीले । यो एपले गर्भवती महिलाका लागि अति नै महत्वपूर्ण सूचना अहिले पनि सम्प्रेषण गरिरहेको छ ।

यसैगरी मेरी स्टोप्स नेपालले पनि परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सेवा तथा जानकारीका लागि आफूले प्रयोग गर्दै आएको हेल्पलाइन ११४३ बाट सेवा दिएको थियो । यो फोनमा सम्पर्क गरेर निःशुल्क परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी जानकारी लिन सकिनेछ । लकडाउनका बेला पनि यो सेवा २४ सै घण्टा सूचारु भएको मेरी स्टोप्सकी हिमा मिश्राले बताइन्। मेरी स्टोप्सले लकडाउन अघि पनि अनलाइन परामर्श सेवा दिने गरेको भए पनि यो समयमा अझ यसको महत्व धेरै भएको मिश्राको भनाई छ ।

लकडाउनका बेला अनलाइन परामर्श लिएकी ३४ वर्षकी अनिता महर्जन (नाम परिवर्तन) ले आफू दुई बच्चा हुँदाहुँदै गर्भवती हुन पुगेपछि निकै तनाव भएको बताउँदै सोही बेला आफनी साथीबाट अनलाइन सेवाबारे थाहा पाएर परामर्श गरी उहाँहरुकै परामर्श अनुसार सुरक्षित स्थानमा गएर गर्भपतन गराउन पाएको अनुभव सुनाइन। उनीजस्ता थुप्रै महिला लकडाउनका बेला आवश्यक गर्भनिरोधक साधन उपलब्ध नहुँदा गर्भवती हुन पुगेका थिए । जसमध्ये कतिले उनी जस्तै गर्भपतन सेवा लिन सके कतिले अनिच्छुक गर्भ राख्न बाध्य हुनु पर्यो । त्यसैले पनि अनिता जस्ता धेरै समस्यामा परेका र कहाँ जाउँ को सँग सहयोग मागौं भन्ने भएका महिलाका लागि उनीहरुलाई केन्द्रमा राखी यो बेला सुरु गरिएको यस किसिमको अनलाइन परामर्श सेवाले धेरैलाई ठूलो राहत मात्र प्रदान गरेन जोखिममा रहेका धेरै महिलाको ज्यान समेत जोगायो ।

 

 

 

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि