भारतमा ओमिक्रोन संक्रमितको संख्या २२८ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार साँझसम्म भारतमा विभिन्न राज्यमा गरी ओमिक्रोन संक्रमण पुष्टि हुनेको संख्या २२८ पुगेको हो ।
पहिलोपटक दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भारतका १४ राज्यमा फैलिसकेको बताइएको छ । डेल्टा भेरियन्टभन्दा तीन गुणा बढी तीब्र गतिमा ओमिक्रोन फैलिन थालेको भन्दै त्यहाँका स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन्।
नेपालमा पनि २ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको भए पनि हाल उनीहरु संक्रमणमुक्त भइसकेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?