देशभर अझै पनि १३६ कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा उपचाररत
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर अहिले पनि १३६ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा उपचाररत रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म देशका विभिन्न अस्पतालमा गरी १०९ जना आइसीयूमा र २७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।
मन्त्रालयका अनुसार प्रदेश १ मा ११ जना आइसीयूमा र ३ जना भेन्टिलेटरमा छन्। यसैगरी प्रदेश २ मा ३ जना आइसीयूमा छन्। भेन्टिलेटरमा भने कोही पनि छैनन्। बाग्मती प्रदेशमा सबैभन्दा धेरै ७४ जना आइसीयूमा र भेन्टिलेटरमा २२ जनाको उपचार भइरहेको छ । गण्डकीमा ७ जना कोरोना संक्रमित आइसीयूमा छन् भने भेन्टिलेटरमा शुन्य संख्या रहेको मन्त्रालयले जनाएको छ । लुम्बिनी प्रदेशमा ८ जना संक्रमित आइसीयूमा छन् भने एक जना मात्र भेन्टिलेटरमा रहेका छन्।
कर्णाली प्रदेशमा भने आइसीयू र भेन्टिलेटरमा संक्रमितको संख्या शुन्य रहेको छ । सुदूरपश्चिम प्रदेशमा ६ जनाको आइसीयूमा र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाइएको छ।
देशभर ५ हजार २२५ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। उनीहरुमध्ये ४ हजार ९६४ जना होम आइसोलेसनमा र २६१ जना संस्थागत आइसोलेसनमा रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?