४ हजार १४१ नमुना परीक्षण गर्दा २२० जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २२० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार १४१ नमुना मात्र परीक्षण गरिएकोमा २२० जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज २६३ जना संक्रमित निको भएर घर फर्केको मन्त्रालयले जनाएको छ । उता एक जना उपचाररत संक्रमितको मृत्यु भएको छ । गत २४ घण्टामा देशभर ८६ हजार ५९३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। अहिले सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार २२५ मात्र रहेको छ ।
नेपालमा हालसम्म ११ हजार ५७४ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । उता निको हुने दर ९८ प्रतिशत रहेको छ । देशभर झण्डै ४० प्रतिशतले पहिलो मात्रा खोप र ३२ प्रतिशले पूर्ण खोप लगाएको मन्त्रालयले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?