भारतमा तीब्र गतिमा फैलिंदै ओमिक्रोन भेरियन्ट, महाराष्ट्रमा सबैभन्दा धेरै संक्रमित
हेल्थ टिभी अनलाइन : भारतमा कोरोनाको ओमिक्रोन भेरियन्ट तिब्र गतिमा फैलिन थालेको छ । ओमिक्रोनको संक्रमण सबैभन्दा धेरै महाराष्ट्रमा देखिएको छ । भारतमा आइतबारसम्म १५३ जनामा ओमिक्रोन भेरियन्ट देखिसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
तीमध्ये सबैभन्दा बढी ५४ जना संक्रमित महाराष्ट्रमा देखिएका छन्। त्यसपछि दिल्लीमा २२ जना, तेलगंनामा २० जना, राजस्थानमा १७ जना, कर्नाटकमा १४ जना, गुजरातमा ११ जना, केरलमा १० जनामा संक्रमण पुष्टि भएको बताइएको छ । यसैगरी आन्ध्र प्रदेश, चण्डीगढ, तमिलनाडु र पश्चिम बंगाल मा एक एक जना ओमिक्रोन संक्रमित फेला परेका छन्।
पछिल्लो समय पहिलोपटक दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन ६७ बढी देशमा पुगिसकेको बताइएको छ । भारतमा मात्रै १२ राज्यमा ओमिक्रोनका संक्रमित भेटिसकेका छन्। यतिबेला कोरोना महामारी कम हुँदै गदौ जनजीवन केही सामान्य बन्दै गएका बेला फेरी ओमिक्रोन भेरियन्ट देदिएपछि धेरै देशहरुले संक्रमण देखिएका देशबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएका छन् भने केहीले केही बाध्यात्मक नियमहरु अघि सारेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?