स्वास्थ्यमन्त्री खतिवडाले आफू पढेको विद्यालयबाट सुरु गरे बालबालिका लक्षित कोरोना खोप कार्यक्रम
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले विद्यालयमै खोप केन्द्र राखेर विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउने कार्यक्रमको शुभारम्भ गरेका छन्। सरकारले आजबाट ७ वटै प्रदेशका ५७ वटा जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड विरुद्धका मोर्डना खोप दिन सुरु गरेको हो ।
सोही क्रममा गृह जिल्ला मकवानपुरको हेटौंडा उपमहानगरपालिका स्थित भुटनदेवी माध्यमिक विद्यालयको खोप केन्द्रबाट आज आफै सहभागी भएर विद्यार्थीहरुलाई खोप लगाउने कार्यक्रमको औपचारिक शुभारम्भ गरेका हुन्। उक्त विद्यालय मन्त्री खतिवडा आफैले अध्ययन गरेको पुरानो विद्यालय हो । अभियानको शुभारम्भ गर्दै मन्त्री खतिवडाले खोप अभियानबाट कोही पनि बञ्चित हुनु नपर्ने भन्दै सबैलाई सक्रीय सहभागीता जनाउन अनुरोध गरेका थिए । हरेक जिल्लामा त्यसै गरी स्थानीय तहमा मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र विभिन्न दलका नेताले अभियानको सुरूवात गरेका छन् । कार्यक्रममा मन्त्री खतिवडाले सबै बालबालिकालाई खोप नलगाएसम्म निरन्तर रूपमा यो अभियान जारी रहने समेत जिकीर गरे ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?